img img img

चितवन–२ मा ६० हजार मत गन्दा रविले पाए ४३ हजारभन्दा बढी

जनकपुरधाम – प्रतिनिधिसभा सदस्यका लागि चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार ६० हजार ६७३ मत गणना हुँदा लामिछानेले ४३ हजार १०१ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९५२ मत पाए । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाए ।

चितवन २ मा आइतबारको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत पाएर विजयी भएका थिए ।

Author:

क्याटोगरी छान्‍नुहोस