रुपनीमा एक युवकको शव फेला, हत्याको आशंकामा थालियो सुक्ष्म अनुसन्धान

राजविराज – सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरस्थित सडक छेउमा आइतवार विहान एक युवकको शव फेला परेको छ । जिल्लाको शम्भुनाथ नगरपालिका–२ खैरबनाका मो.लुकमानको २१ वर्षीय छोरा मो.तफेजुलको शव फेला परेको हो ।

शनिवार बेलुका घरबाट निस्केका मो.तफेजुल आइतवार विहान अर्ध नग्न अवस्थामा मृत फेला परेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । ‘प्रारम्भिक हेर्दाखेरी झगडा गरेको जस्तो पनि देखिएको छैन्, दुर्घटना भएको हो की ? यद्यपी, अहिले नै भन्नसकिँदैन’, उनले भने ।

उनले घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको बताए । ‘हामीले तालिम प्राप्त कुकुरको सहायताले पनि घटनाबारे सुक्ष्म अनुसन्धान सुरु गरिसकेका छौं’ उनले भने, ‘अनुसन्धानपछि मात्रै कुनै कुरा यकिन गर्न सकिन्छ ।’

यता, मृतकका आफ्न्तले हत्या गरिएको दावी गर्दै घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् भने उनीहरुले केही बेर राजमार्ग अवरुद्ध समेत गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस