रेशम चौधरीविरुद्धको कर्तव्यज्यान मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । रेशम चौधरी लगायतविरुद्धको कर्तव्यज्यान मुद्दामा आज पनि अन्तिम सुनुवाइ हुनेछ । उक्त सुनुवाइ न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा हुनेछ ।

सोमबार चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो । न्यायाधीशद्वय भट्टराई र सुवेदीको इजलासमा सुरु भएको सुनुवाइ नसकिए पछि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दामा आज पनि सुनुवाइ हुनेछ । आज सुनुवाइ सकिएमा आजै फैसला आउने सम्भावना छ ।

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दामा रेशम चौधरीसहित ११ जनालाई कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।

थरुहटको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजनाको हत्या भएको थियो । सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालत दिपायलले आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस