सरकारको नीति तथा कार्यक्रमको उद्देश्य र गन्तव्य छैन : ओली

जनकपुरधाम – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा उद्देश्य र गन्तव्य रहेको बताएका छन्।

आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै ओलीले मुलुक आर्थिक मन्दीको चपेटामा परेको अवस्थालाई सुधार गर्न नीति तथा कार्यक्रममा कुनै योजना नभएको बताएका हुन्।

उनले वर्तमान सरकारको नीति नै ‘नीति शून्य नीति’ रहेको बताए। ‘उद्देश्य छैन। कहाँ पुग्ने गन्तव्य छैन। कसरी जाने भन्ने मार्गचित्र छैन,’ ओलीले भने, ‘सर्वत्र नीति, शून्य नीतिको अवस्था देखियो।’

ओलीले यस्तो नीति तथा कार्यक्रमले देशलाई स्थायित्व र अग्रगमनको गन्तव्यमा पुर्‍याउन नसक्ने बताए।

Author:



क्याटोगरी छान्‍नुहोस