पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा संक्रमण

२०७७ असोज ०४ गते
जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३२५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ९६६ जना डिस्चार्ज भएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । त्यसैगरी हालसम्म ४६ हजार २३३ जना डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख १४ हजार २९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस