देशभर कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

२०७७ असोज ०४ गते
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट शनिबार देशभर ११ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ । यसैगरी, हालसम्म देशभर ६४ हजार १२२ संक्रमित भएका छन् । जसमध्ये ४६ हजार २३३ जना डिस्चार्ज भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस