पत्रकार देवको जिवन बचाउन अधिकृत यादवद्वारा रक्तदान

राजविराज, ५ असोज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका महिला उपाध्यक्ष सुधा देवको शरिरमा रगतको कमी भएपछि एक स्थानीय तहका कर्मचारीले रक्तदान गरी सहयोग गरेका छन् ।

आइतवारदेखि उनलाई अत्यधिक रक्तश्राव हुनथालेपछि सोमवार विहान राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको छ । उपचारमा संलग्न चिकित्कले पत्रकार देवलाई रगत चढाउनुपर्ने बताएपछि रक्तदाताको खोजी थालिएको थियो ।

महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झाबाट उनको विषयमा जानकारी पाएपछि सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयमा आन्तरिक लेखा परीक्षक अधिकृत राधेश्याम यादव आफै रक्तसञ्चार केन्द्र पुगेर रक्तदान गरेका छन् । अस्तालको वार्डमा भर्ना रहेकी पत्रकार देवको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले आफुबाट हुनसक्ने थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । आ.लेप. अधिकृत यादव तत्कालिन जिल्ला विकास समितिका कर्मचारी सहीद प्रभुनारायण यादवका जेठो छोरा हुन् ।

यता पत्रकार देवले ‘मधेशलाइभ’लाई दिएको जानकारी अनुसार स्वास्थ्यमा क्रमिक रुपले सुधार हुँदैगएको छ । रगतमा हेमोग्लोबिनको मात्रा नबढे थप रगत आवश्यक पर्नसक्ने उनले बताईन् ।

Author:



क्याटोगरी छान्‍नुहोस