जनकपुरधाम – सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले उद्धव थापा नेतृत्वको सरकारलाई दीर्घकालीन र दूरगामी प्रभाव पर्ने नीतिगत निर्णय नगर्न भनेको हो ।
प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।