देशभर थप १ हजार १७२ जनामा कोरोना संक्रमण

२०७७ असोज ७
जनकपुधाम । देशभर थप १ हजार १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १७२ संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या बढेर ६७ हजार ८ सय ४ पुगेको छ । सोही अवधिमा ९ हजार ४ सय ४९ पिसिआर परीक्षण गरेको छ।

यही अवधिमा देशभरबाट १ हजार ८ सय ९३ संक्रमित कोरोनामुक्त भएका छन् । यसैगरी, बुधबार देशभर १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस