भारतमा ५७ लाख ३२ हजार कोरोना संक्रमित, ९१ हजारले ज्यानले गुमाए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५०८ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३२ हजार ५१८ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ हजार १४९ पुगेको छ । पछिल्ला केही हप्ता यता भारतमा सामान्तया ९ सय देखि १३ सयको बीचमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १२९ संक्रमितको ज्यान गएको छ । भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।

विश्वमा २४ घण्टामा २ लाख ९८ संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ९८ हजार ८५ मा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो अघिल्लो दिनको तुलनाका निकै धेरै हो ।

अघिल्लो २४ घण्टामा २ लाख ५२ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । विश्वमा हालसम्म ९ लाख ७३ हजार ६५३ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ ।

पछिलो २४ घण्टामा ५ हजार ९१८ संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या ३ करोड १७ लाख ९८ हजार ३०८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस