निरन्तरको झरीले राजविराज जलमग्न (फोटो फिचर)

२०७७ असोज ९
राजविराज । निरन्तरको झरीले सप्तरी सदरमुकाम राजविराज बजार जलमग्न भएको छ । वर्षाको पानीले यहाँका केही कार्यालय, सडक तथा बजारकै बस्तीहरु जलमग्न भएको हो ।

प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय राजविराज, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, वन कार्यालयका भु–भाग जलमग्न भएको छ । बजारको कतिपय सडकहरु जलमग्न हुँदा सर्वसाधारणहरुलाई हिलडुल गर्न कठिनाई भएको छ ।

बजारकै वडा नम्वर ५ र ६ का केही बस्तीमा पानी पसेर जनजीवन प्रभावित भएको छ । कोरोना महामारीकै बेला घर–घरमा पानी पसेर हैरानी भइरहदा समेत जनप्रतिनिधिहरु हेर्नसम्म नआएको सर्वसाधारणहरुले गुनासो गरेका छन ।

नगर प्रमुख शम्भुप्रसाद यादवले वर्षाको पानीले प्रभावित भएका परिवारको जनजीवन सहज गर्नेतर्फ कार्य भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस