जसपाले पारित गर्‍यो राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका

जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका बारेमा टुङ्गो लगाउन कार्यदलले पेस गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका परिमार्जन सहित पारित गरेको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने उनले बताए ।त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रबाट दुई सय सदस्य बराबर एक प्रतिनिधि हुने गरि निर्देशिका पारित गरिएको प्रवक्ता सुमनले जानकारी दिए । उनले जसपाको पहिलो महाधिवेशनले ७० प्रतिशत केन्द्रीय पदाधिकारी खुल्ला प्रतिष्पर्धाबाट र ३० प्रतिशत समावेशी प्रतिष्पर्धाबाट चयन गर्ने बताए ।

जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780