देशभर २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण, ८८५ जना डिस्चार्ज

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा ८८५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । हालसम्म संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । जसमा ५३ हजार ८९८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् ।

आजसम्म देशभर ६ हजार २८१ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस