प्रदेश सरकारलाई वार्षिक प्रतिवेदन हस्तान्तरण

जनकपुरधाम । प्रदेश २ को नीति तथा योजना आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७६/०७७ मा गरेको कार्यहरुको विवरण समेटेर ४२ पृष्टको प्रतिवेदन पारेको हो । आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सिमा निर्धारण र मार्ग दर्शन, मध्यकालिन खर्च संरचना समेटिएको छ ।

प्रदेशको प्रथम आवधिक योजना, दीगो विकासको लक्ष्यहरुको मार्गचित्र, प्रदेशको जानसाँख्यीक स्थिति विवरण, प्रदेशको प्रोफाइल निर्माण, प्रदेश अनुगमन, तथा मुल्यांकन दीग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दीग्दर्शन निर्माण लगायतका विषय पनि प्रतिवेदनमा राखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस