उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ। उक्त रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ।

जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईसहित ७ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन मिल्दैन भनी दायर गरेको रिटमा पेशी तोकिएको हो ।

जसपाले यसअघि पार्टी विभाजन र नयाँ दल दर्ता रोक्न माग गर्दै रिट हालेको थियो। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रकृया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसद्‌मा चौथो पटक विश्वासको मत लिँदै छन्। दलहरुबीच अविश्वास र सदनको अवरोध कायमै रहेकोले आजको संसद सहज रुपमा चल्छ कि चल्दैन भन्ने निश्चित भने भइसकेको छैन्।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780