राजविराज–हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि निधन भएको छ।
आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
राष्ट्रपति रइसी, विदेशमन्त्री अब्दुल्लाहियान लगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो। हेलिकोप्टरमा बडिगार्ड, पाइलट, को-पाइलट, सुरक्षा प्रमुखलगायत अधिकारी पनि सवार थिए।
राष्ट्रपति रइसी र विदेशमन्त्री अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान भेटिएको थियो।
राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर खोज्न २० वटा भन्दा बढी उद्धार टोली खटिएका थिए। टर्की र रूसले पनि हेलिकप्टर खोज्नका लागि सहयोग गरेको थियो।