कोशी ब्यारेजमा ४६ वटा ढोका खोलियो

राजविराज, २३ असार-सप्तकोशी नदीमा लगातार बहाव बढ्दै गएको छ । अविरल वर्षासँगै सप्तकोशी नदीमा शनिबार विहान बाढी आएको थियो ।

अझ पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाले नदीमा बाढी बढ्ने क्रम जारी रहेको छ । आइतबार विहान ८ बजे कोशी ब्यारेजमा गरिएको मापनअनुसार ३ लाख ४२ हजार ५२० क्युसेकका दरले पानीको वहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

यसअघि शनिबार साँझ २ लाख ८२ हजार क्युसेक पानीको वहाव रहेकोमा राति १० बजे भने ३ लाख १५ हजार क्युसेक बहाव पुगेको थियो । त्यस्तै शनिबार दिउँसो १ बजेको मापनअनुसार कोशीको वहाव २ लाख ४४ हजार थियो भने शुक्रबार १ लाख क्युसेक मात्रै थियो ।

वहाव बढ्दो देखिएसॅंगै आइतबार विहान ब्यारेजमा कुल ५६ वटा ढोकामध्ये ४६ वटा ढोका खोलिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार