कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, अझैं बढ्दो पानीको वहाव 

राजविराज, २३ असार–दुई दिनदेखि निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा आइतवार पानीको वहाव उच्च भएसँगै ५६ वटै ढोका खोलिएको छ । पानीको वहाव अझैं बढ्दो नै रहेको कोशी ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

दिउँसो २ बजे गरिएको मापन अनुसार पानीको वहाव २ लाख ८८ हजार ८१५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ । विहान ८ बजे ३ लाख ४२ हजार ५२० क्युसेक पानीको वहाव मापन गरिएको थियो ।

यसअघि शनिबार साँझ २ लाख ८२ हजार क्युसेक पानीको वहाव रहेकोमा राति १० बजे भने ३ लाख १५ हजार क्युसेक पानीको बहाव रहेको थियो ।

दुई जिल्लाका सुरक्षा प्रमुख कोशी ब्यारेजमा

सप्तकोशीमा पानीको वहाव अत्यधिक भएपछि सप्तरी र सुनसरी दुवै जिल्लाका सुरक्षा प्रमुखहरू अहिले कोसी ब्यारेज पुगेका छन् ।

सम्भावित खतराको आँकलन तथा कोशी ब्यारेज र तटबन्ध लगायतका संरचनाको अनुगमनका लागि दुवै जिल्लाका सुरक्षा प्रमुखहरु कोसी ब्यारेज पुगेको सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले बताए ।

खतराको सम्भावना 

सप्तकोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक रहेको छ । पछिल्लो तीन दशकयताको तथ्यांक हेर्दा सप्तकोशीमा ४ लाख क्यूसेकभन्दा माथि पानी बढेको छैन् ।

सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा ७ लाख ८८ हजार २ सय  क्यूसेक पुगेको थियो भने सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको ब्यारेज प्रशासनको रेकर्ड रहेको छ ।

कोशी ब्यारेजबन्दा सुरुवातका वर्षमा कोशी नदीले झण्डै ८ लाख क्यूसेक पानीको क्षमता धानेपनि त्यसपछिका वर्षहरूमा पानीको लेवल घट्दै गएको प्राविधिकहरु बताउँछन् । पछिल्लो समय कोशी ब्यारेजभन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका कारण थोरै पानीको वहावमा पनि खतराको सम्भावना हुने गरेको बताइएको छ ।

०६५ भदौ २ गते १ लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा नै नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यति बेला पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका ४ वटा मानव वस्तीमा पानी पसेर ७ हजार ५६३ परिवार विस्थापित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार