ठगी र आर्थिक अपचलन मुद्दाका आरोपी सिद्धार्थ तातेड जेल चलान

राजविराज, १७ साउन–सहकारी ठगी तथा आपराधिक विश्वासघात र आर्थिक अपचलन गरेको आरोपमा पक्राउ परेका सिद्धार्थ तातेड बिहिवार पूर्पक्षका लागि जेल चलान भएका छन् ।

राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहदा राजविराज नगरपालिका वडा नम्वर ३ का वडा सदस्य समेत रहेका तातेडसहितका सञ्चालक समितिले ठगी र आर्थिक अपचलन गरेको भन्दै जाहेरी परेपछि उनलाई साउन ३ गते बिहिवार पक्राउ गरिएको थियो ।

बिहीबार सप्तरी जिल्ला अदालतका न्यायाधिश संजीव पोखरेलको एकल इजलासले तातेडलाई पूर्पक्षका लागि जेल चलान भएका छन् ।

राजविराज नगरपालिका–३ बस्ने राजविराज जेसिजका पूर्व अध्यक्ष समेत रहेका तातेडसहितका सञ्चालक समितिले सहकारीमा बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि ४६ जना बचतकर्ताहरूले संयुक्त जाहेरी दिएका थिए ।

जाहेरीअनुसार तातेडसहितका सञ्चालक समितिले बचतकर्ताहरुको ३ करोड २ लाख ९४ हजार ४३६ रुपैयाँ फिर्ता गरेको छैन् भने तातेडसहितकाले सहकारी संस्थाको पनि करिब एक करोेड रुपैयाँ अपचलन गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

उनका अनुसार सात सदस्यीय सञ्चालक समितिमध्ये अध्यक्ष बेचन यादवसहित अन्य पाँच जना सञ्चालक सदस्य भने अझै फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको डिएसपी नेउपानेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार