मिटरब्याजी रामदेवसहितका आठ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर

राजविराज, २५ साउन । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धि मुद्दा लागेका सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका मिटरब्याजी रामदेव साहु तेलिसहितका आठ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले ठगी तथा आपराधिक विश्वासघातबाट उनीहरुले गैरकानूनी स्रोतको सम्पत्ति आर्जन गरेको देखिएपछि जिल्ला सरकारी वकिल कार्यालयले बुधवार सप्तरी जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

६४ वर्षीय तेलिसहित उनकी श्रीमति ६० वर्षीया शिवकुमारी देवी, छोराहरु ४८ वर्षीय नन्दकिशोर साह तेली र ४१ वर्षीय विपिनकुमार साह, छोरीहरु ४६ वर्षीया पुषा साह र ४३ वर्षीया अनुराधाकुमार साह, नन्दकिशोरका छोरा २५ वर्षीय चन्दनकुमार साह तथा धनुषाको सबैला नगरपालिका–१० का ३४ वर्षीय कैलास साहविरुद्ध मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले जानकारी दिए ।

उनकाअनुसार रामदेव, नन्दकिशोर, पुषा र अनुराधाकुमारी गरी चार जनामाथि १२ करोड ४२ लाख ७६ हजार २ सय २२ रुपैयाँ ६० पैसा बराबरको बिगो धन सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गरेको दाबी गर्दै दोब्बर जरिवाना, कसूरको मात्राअनुसार कैदको सजाय गर्न अभियोग पत्रमा माग गरिएको छ भने शिवकुमारी, विपिनकुमार, चन्दनकुमार र कैलासको बढीबढाउ सम्पत्ति जफतका लागि माग गरिएको छ ।

ठगी तथा आपराधिक विश्वासघात सम्बन्धि मुद्दामा नन्दकिशोर र शिवकुमारी देवी पूर्पक्षका लागि सप्तरी कारागार र अनुराधाकुमारी विराटनगर कारागारमा छन् भने रामदेवसहितका अन्य व्यक्ति अझैं फरार छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार