भ्रष्टाचार मुद्दा लागेसँगै राजगढ गाउँपालिकाका प्रप्रअ यादव निलम्बित

राजविराज–सप्तरीको राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव निलम्बनमा परेका छन् ।

जिल्लाको तिरहुत गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा यादवसहितकाले सवाँ ११ लाख रुपैयाँ भ्रष्टाचार गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा ‘सार्वजनिक पदधारण गरेको कुनै व्यक्तिलाई मुद्दा दायर गरेपछि मुद्दा किनारा नभएसम्मको अवधिभर त्यस्तो व्यक्ति स्वतः निलम्बन भएको मानिनेछ,’ भनी उल्लेख छ । सोही व्यवस्थाअनुसार मुख्यसचिव यादव निलम्बनमा परेका हुन् ।

अख्तियारले दायर गरेको मुद्दाअनुसार आर्थिक वर्ष २०७५/०७६ मा तिरहुत गाउँपालिका–५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा व्यवस्थापन सम्बन्धी योजनामा कुनै काम नै नगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादवसहितका ११ जना मिलेर ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ भ्रष्टाचार गरेका हुन् ।

यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको बिगो, कैद र जरिवाना समेतको सजाय हुन मागदावी लिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार