कोशी नदीमा खसेको बसमा सवार १७ जनाकै सकुशल उद्धार

राजविराज, १० असोज-सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ ब्यारेजस्थित कोशी नदीमा खसेको बसमा सवार १७ जनाकै सकुशल उद्धार गरिएको छ ।

विहीबार साँझ विराटनगरबाट गाईघाटतर्फ जादै गरेको को.१ ख.४६०१ नम्वरको बस अनियन्त्रित भएर ३५ नम्वरको ढोकादेखि दक्षिणतर्फ नदीमा खसेको थियो ।

स्थानीयसॅंगको सहयोगमा बसमा सवार १७ जनाकै सकुशल उद्धार गर्न सफल भएको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले बताए ।

उनका अनुसार उक्त बसमा चालक, सह-चालक र यात्रुसहित १७ जना सवार थिए । बसका चालक सिरहाको लहान नगरपालिका-८ बस्ने ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिईएको छ भने उद्धार गरिएकाहरुलाई उपचारको लागि विभिन्न अस्पताल पठाईएको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार