विमलेन्द्र निधिले भने–प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ

जनकपुरधाम–नेपाली काँग्रेसका नेता तथा संघीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्नेमा जोड दिएका छन् ।

पूर्व गृह मन्त्री समेत रहेका निधिले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग गर्दै भने, “सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने संगठन भन्छु । त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी संगठन प्रदेशको आफ्नै हुनुपर्छ ।” संघीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखद भएको उनको भनाइ छ ।

उनले भने, “आफ्नो प्रहरी संगठनको अभावमा विभिन्न समस्या हुने गरेको गुनासो प्रत्येक प्रदेशबाट आउने गरेको छ ।” जबसम्म प्रदेशमा आफ्नो प्रहरी संगठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उनले उल्लेख गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस