काठमाडौँ–जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् ।
मोरङमा सरुवा भएको ८ महिनामा उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो । उनलाई प्रहरी हेडक्वार्टरअन्तर्गतको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
उनलाई फिर्ता बोलाउनुको कारण खुलाइएको छैन । प्रवक्ता कार्कीले सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ ।
उनको ठाउँमा एसपी राजन लिम्बुलाई पठाइएको छ । नवराज कार्की २०८० फागुन २ मा मोरङ गएका थिए ।