काठमाडौं–ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै हुने भएको छ । लाइसेन्सको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्थासमेत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था मिलाइएको जनाएका छन् ।
प्रधानमन्त्रीले फेसबुक पेजमार्फत जानकारी गराउँदै नागरिक एपबाटै लाइसेन्सको काम हुने प्रस्ट पारेका छन् ।