जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

जनकपुरधाम–मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुर बोल्ट्सका समर्थकमाथि काठमाडौंमा आक्रमण र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

उनले आज विज्ञप्ति जारी गर्दै एनपिएलमा जनकपुर बोल्ट्स तथा सुदूरपश्चिम रोयल्सबीच शनिबार भएको अन्तिम खेलपछि केही अराजक र उपद्रवी समूहद्वारा जनकपुर बोल्ट्सका समर्थकमाथि गरिएको सांघातिक आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘खेलकुद प्रतिस्पर्धाक्रममा दर्शकहरु स्वाभाविक रूपमा दुई पक्षबीच विभाजित हुने र समर्थन दिने हुन्छ । तर, त्यसकारणले नै एउटा पक्षले अर्को पक्षलाई साम्प्रादायिक सङ्कीर्णता, दुराग्रह र द्वेषपूर्ण घृणाकै कारण भौतिक आक्रमणलगायत दुव्यवहार गर्नु निन्दनीय र दुर्भाग्यपूर्ण छ ।’

एनपीएल पहिलो संस्करणको उपाधि शनिवार जनकपुर बोल्ट्सले जितेको थियो । फाइनल खेलमा सुदुरपश्चिम रोयल्स पराजित भएपछि समर्थकले जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण र दुर्व्यवहार गरेको भिडिओहरु सामाजिक सञ्जालमा भाइरल भयो । सो घटनाप्रति मधेसका मुख्यमन्त्री सिंहले पनि दुःख व्यक्त गरेका हुन् ।

उनले क्रिकेट प्रतियोगिताले देशका सबै भूगोल र समुदायका नागरिकबीचको स‌द्भाव, सहिष्णुता र भाइचारालाई थप प्रगाढ बनाइरहेको बेला जनकपुर बोल्ट्सका समर्थकमाथि खेल मैदान क्षेत्रमै भएको भौतिक आक्रमण तथा त्यसअघि पनि भएका त्यस्ता प्रकृतिका घटना असह्य र पीडादायी रहेको टिप्पणी गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780