‘दलितलाई खै ?’

काठमाडौँ–दलित अभियन्ता एवम् दलितका लागि दलित अभियान नेपालले ‘दलितलाई खै ?’ भन्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेको छ ।

अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा बुधबार दिउँसो निर्वाचन आयोगको कार्यालय कान्तिपथ अगाडी प्रदर्शन गरिएको हो ।

निर्वाचन प्रणालीमा दलितको समानुपातिक समावेशिता सुनिश्चित गर्ने व्यवस्था कायम नभएको र निर्वाचन आयोगले तयार पारेको एकीकृत निर्वाचन सम्बन्धी विधेयकमा पनि दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरिएको संयोजक सुनारले बताए । त्यसैले ३ बुँदे मागसहितको ज्ञापन पत्र निर्वाचन आयोगलाई दलितका लागि दलित अभियान नेपालले पेश गरेको उनको भनाई छ ।

३ बुँदे माग बारे संयोजक सुनारले भने, ‘एकीकृत निर्वाचन विधेयकले दलितको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छैन । संविधानले स्वीकार गरेको दलित समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी एकीकृत निर्वाचन ऐन जारी गरिनुपर्छ ।

दलितको समानुपातिक प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनुपर्छ । मिश्रित निर्वाचन प्रणाली कायम गर्ने हो भने प्रत्यक्षमा दलितका लागि समानुपातिक परिणाम आउने गरी निर्वाचन क्षेत्र आरक्षित गरिनुपर्छ ।

अर्को विकल्प निर्वाचन क्षेत्र आरक्षित नगर्ने हो भने दलितलाई प्रत्यक्षमा कम्तीमा समानुपातिक उम्मेदवार दिइनुपर्छ र प्रत्यक्षबाट निर्वाचित नभएको खण्डमा समानुपातिकबाट दलितको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गरिनुपर्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780