युवाहरुले किन जलाए मधेशका मुख्यमन्त्री र शिक्षामन्त्रीको पुत्ला ? (भिडिओ)

राजविराज–मधेश प्रदेशको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै बिहिबार युवाहरुले मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला जलाएका छन् ।

मधेश प्रदेशसभामा पेश भएका विधेयकमा मधेशमा बोलिने मातृभाषालाई बाइकाट गरेर अन्य–अन्य भाषाहरुलाई समावेश गरिएको भन्दै युवाहरुले प्रदेशसभा भवनअगाडि मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुत्ला जलाएका हुन् ।

विधेयकमा मातृभाषाहरु छुटाएर आयातित भाषाहरुलाई स्थान दिइएको भन्दै आफूहरुले विरोधस्वरुप पुत्ला जलाएको उनीहरु बताउँछन् । मधेशका शिक्षा शर्माले बुधवार मधेशको कामकाजी भाषासम्बन्धी विधेयक सदनमा पेश गरेकी थिइन् ।

सो विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रुपमा समेटिएको थियो। मगही भाषा अभियन्ता तथा विभिन्न राजनीतिक दलका युवाहरुले मुख्यमन्त्री र मन्त्रीको पुत्ला जलाउँदै भाषा सम्बन्धनमा ल्याइएका विधेयक सच्याउन माग गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780