रेणु यादव
विश्व समुदायमा कोरोना भाइरसको महामारी चलिरहेको स्थितिमा कृषि क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन । यसै महामारीको बिच प्रमुख अन्नबाली धानमा रोग कीराको प्रकोप बढेको छ, जसमध्ये एक प्रमुख कीरा हो । यो कीराले उत्पादनमा निकै नै ह्रास ल्याउँदछ ।
धानमा लाग्ने कीराहरुमध्ये गवारो एक प्रमुख कीरा हो । पुतली वर्ग अन्तरगत पर्ने यो कीरा बर्खे र चैते दुवै सिजनमा देख्न सकिन्छ । यो कीराको समस्या असार श्रावण र भाद्र महिनामा अधिक रुपमा देख्न सकिन्छ । गवारो कीराको क्षति धान वालीको वानस्पतिक अवस्था र बाला लागेको बेलामा देख्न सकिन्छ । यसको लार्भाले बालीमा क्षती पुर्याउँछ ।
यो कीराले धान बालीमा बिरुवाको कलिलो अवस्थामा आक्रमण गरेमा मृत गुबा (Dead Heart) देखिन्छ । बिरुवाको फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुस
मात्र भएको सेतो बाला (White Head) देखिन्छ।
गवारोको पहिचान
धानमा लाग्ने गवारो विभिन्न प्रकारका हुन्छ । पहेलो गवारोको वयस्क अवस्थाको पोथी पुतलीका चम्किला पहेंला खैरा अघिल्ला पखेटाहरु प्रत्येकमा स्पष्ट देखिने कालो थोप्ला हुन्छ । पेटका पुछारमा पहेंला रौंहरुको गुच्छा देखिन्छ । भाले पुतलीका फिक्का खैरा अघिल्ला पखेटाहरुको चुच्चो परेको ठाँउमा खैरा मसिना थोप्लाहरु हुन्छ ।
गुलाबी गवारोको वयस्क पुतली फिक्का पहेंला खैराअघिल्ला पखेटाहरु धर्साहरु फैलिएर पखेटाको टुप्पो सम्म पुगेका हुन्छन् । पछिल्लो पखेटाहरुसेतो रंगका हुन्छ । फिजिएका पखेटाहरुको नाप ३३ मि.मि. हुन्छ । लार्भे सुन्तलेसिर गुलाबी माथिल्लो शरीरको सतह र ३५ मि.मि. लामो हुन्छ ।
धान बालीमा गवारो लागेको छ भन्ने कुरा कसरी थाहा पाउने ?
बालामा लाग्नु भन्दा अगाडि ठाउँठाउँमा धानको बोट सुक्दै जान्छ र नजिकबाट नियाल्दा धानको भित्रि गुभो मात्र देख्न सकिन्छ । यसलाई तान्दा सुकेको गुभो फेदबाट सजिलै छुटेर आउँछ गबारो । यसरी आएको गुभोलाई अझ सुक्ष्म रुपमा च्यातेर गवारो कीराको लार्भा देख्न सकिन्छ ।
बाला लागे पश्चात ठाउँठाउँमा धानको वोटमा फुस्रो सेतो वालाहरु, जसमा दानाहरु खाली र फुटेको देख्न सकिन्छ ह्वाइट हेड । धानको वोटको फेदमा स–साना दुलोहरु देख्न सकिन्छ । कहिलेकाही धानको डाँठसगै टाँसिएको वा डाँठभित्र गवारो कीराको वुस्टाहरु देख्न सकिन्छ । धान खेतमा ५५ मृत गुबो वा २५ सेतो बाला वा प्रति मीटर एउटा कीराको फुलको झुण्ड वा प्रति मिटर एउटा बयस्क कीरा भएमा मात्र व्यवस्थापन विधिहरु अपनाउनु पर्दछ ।
व्यवस्थापन गर्ने पद्धति
धान काटिसकेपछि ठूटाहरु सङ्कलन गरेर जलाउने अथवा ठूटाहरु डुब्ने गरी ३–४ दिनसम्म पानी जमाईदिने वा खेतलाई गहिरो जोत्ने । जसले अर्को सिजनमा गवारो कीराको प्रकोप कम गराउँछ ।
सप्रिएको वेर्ना छ भने टुप्पो काटेर मात्र रोप्ने ।
धान चाँडो रोप्ने चाँडै पाक्ने र होचो जातहरु जस्तै खुमल ३, तरहरा १, राधा ४ आदि । अवरोधक जातहरु जस्तै ताइचुङ्ग १७६, ताइचुङ्ग १७६, खुमल ४ जस्ता जातहरु लगाउने । सिफारिस मात्रामा मलखाधको प्रयोग गर्ने । सिंचित जग्गामा २०० के.जी. गोठे मल र कम्पोष्ट, ७.५ के.जी. युरीया, ३ के.जी. डि.ए.पी. र २.२ के.जी. म्युरेट अफ पोटास प्रति कठ्ठा । नाइट्रोजनयुक्त मल सिफारस भन्दा बढी मात्रामा प्रयोग नगर्ने । नाइट्रोजनयुक्त मलको सिफारिस मात्रालाई ३–४ भागमा विभाजन (कउष्ति मयकभ) गरी विरुवाको बृद्धि अवस्था अनुसार पटक पटक प्रयोग गर्ने ।
धान खेतको आलिमा भटमास लगाउने जसले मीत्र जीवको संरक्षण र कीरालाई विकर्सण गर्दछ ।
भौतिक तरिका
प्रकाश पासोको प्रयोग गर्ने ५ वटा पासो प्रति हेक्टर ।
फेरोमन ट्रयाप २० वटा प्रति हेक्टर ।
वानस्पतिक विषादी
रोपाई गरेको ३ हप्तापछि ब्यासिलस थुरिन्जियन्सिस बिटी ३ ग्राम प्रति लिटर पानीका दरले मिसाएर छर्कने ।
निमको पिना १० के.जी. प्रति कठ्ठाका दरले प्रयोग गर्ने ।
निमजन्य विषादी एजाडिराक्टिन 0.03 ५ ई.सी. (Azarirachtin 0=03% EC) ३ देखि ५ मिलिलिटर प्रति लिटर पानीका दरले घोलेर स्प्रे गर्ने ।
रसायनिक तरिका
कीराको प्रकोप बढी देखिएमा निम्न विषादीहरु प्रयोग गर्ने
फिप्रोनिल ण्.घ जी.आर. वा कारटप हाइड्रोक्लोराएड 4 जी. विषादी १ के.जी. प्रति रोपनी 650 ग्राम प्रति कठ्ठा वा क्लोरान्ट्रनिलिप्रोल 0.4 जी . 500 ग्राम प्रति रोपनी ३५० ग्राम प्रति कठ्ठा दरले खेतमा छिपछिपे पानी जमाएर छर्ने ।
थायमेथोक्साम २५ डब्लु .जी. १ ग्राम प्रति ३ लिटर पानीका दरले घोलेर स्प्रे गर्ने ।
क्लोरान्ट्रनिलिप्रोल ज्ञड.छ एस .सी. १ मिलिलिटर प्रति ३ लिटर वा क्लोरोपाइरिफस ५० साइपरमेथ्रिन १.५ मिलिलिटर प्रति लिटर वा विषादी छरेपछि कम्तिमा ४/५ दिनसम्म खेतबाट पानी बगेर जान दिनु हुदैन ।
विषादी छरेपछि कम्तिमा ४/५ दिनसम्म खेतबाट पानी बगेर जान दिनु हुदैन ।
( लेखक यादव कृषि ज्ञान केन्द्र सुनसरी, मोरङ्गमा बाली संरक्षण अधिकृत पदमा कार्यरत छन् ।)