पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४० जनामा कोरोना संक्रमण

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४० कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार १३३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६५ हजार २०२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुने दर ७३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ११ हजार १९१ जना र होम आइसोलेसनमा १२ हजार ३१६ जना रहेका छन् ।

आजसम्म देशभर ४ हजार ३३ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस