प्रदेश २ को नाम मिथिला र सम्पर्क भाषा मैथिली आवश्यक

रामनारायण देव

देश संघीयतामा गएको बर्षाै भईसकेको छ । तर, सबै प्रदेशहरु को नामाकरण भएको छैन । खासगरि प्रदेश नम्वर २ को नामाङ्कन विवाद छ । कसैले मिथिला, कसैले मधेश कसैले मिथिला भोजपुरा, राख्न खोज्दैछ । यस प्रदेशको नाममा विवाद न हुनुपर्ने हो । किन भने यो निर्विवाद छ कि यो भूमि प्राचीन मिथिला हो ।

त्रेता युगतिर फर्केर मात्र यसको इतिहास थाहा पाउन सकिन्छ । त्यति बेला नेपाल र भारत भन्ने देश को जन्म पनि भएको थिएन । पछि नेपाल मण्डल भन्ने सानो राज्यको स्थापना भएको देखिन्छ । काठमाण्डौ उपत्यकामा मात्र यो सानो राज्य सिमित थियो । पछि पृथ्वीनारायण शाहले मिथिला मधेशसम्म राज्य बिस्तार गरेका छन् ।

भारतमा पनि अशोक सम्राटदेखि अंग्रेज र पछि स्वतन्त्र भएपछि सरदार बल्लभ भाइ पटेलको नेतृत्वमा हैदराबाद, गोवा, केरला, राजस्थान लगायत राज्यहरु भारतमा विलय गरिएको थियो । यसरी मिथिला सबै भन्दा प्राचीन हो । मिथिला अहिले नेपाल र भारतमा विभाजित भएर पनि प्राचीन राजधानी जनकपुर नेपालमै पर्दछ ।

मिथिला पूर्वमा कोशी अहिले कोशी होइन, प्राचीन कोशी मेची पारी टिष्टा अर्थात महानन्दातिर बग्ने गर्दथ्यो । त्यहाँसम्म सीमा थियो भन्ने पश्चिम गण्डकी नारायणी, उतरमा हिमालय र दक्षिणमा गङ्गा नदीसम्म थियो । यसरी हेर्दा झापादेखि चितौनसम्म मिथिला पर्दछ । त्यसले स्वतः बिचको भाग सप्तरीदेखि पर्सा बिरगञ्जसम्मको क्षेत्र मिथिला पर्दछ । भाषा अलग अलग भए पनि क्षेत्र चाहि मिथिलाकै हो । त्यसैले यो प्रदेश स्वतः मिथिला नामले नामाङ्करण को अधिकारी छ । तर,राजनिति आग्रहले मधेश राख्न चाहन्छ । मधेशको नाममा आन्दोलन भएकाले मधेश नै हुनु पर्दछ भन्ने तर्क दिइन्छ । तर, मधेश मेचीदेखि महाकाली सम्म छ ।

ठुलो मधेशभित्र प्राचीन मिथिला र अबध क्षेत्र पर्दछ । गण्डक नारायणी पूर्बनेप मिथिला र पश्चिम अबध राज्य पर्दछ । हुनत प्राचीन मध्यदेश अन्तर्गत नारायणी नदी पूर्ब मध्यदेश मधेश पर्दैन । पहाडिहरुले दक्षिण का समस्त मैदानी भू–भागलाई मधेश भन्न थाले ।

कालान्तरमा हामी तराईका मानिसहरुले पनि आफूलाई मधेशी र तराईको समतल मैदानलाई मधेश भन्न थालियो । तर, इतिहासको दृष्टिकोणले यो मिथिला भू–भाग मधेश होइन । यसो भन्दा मधेशी नेता र उसका अन्धभक्तहरु पक्कै रिसाउँला, किनभने शताब्दियौदेखि मस्तिष्कमा बसिसकेको अवधारणालाई हटाउन गार्हाे छ ।

मध्यदेशको इतिहास खोजीनीति भएको छैन । अरुले भनेको भरमा हामी आफुलाई मधेशी भन्दै आएका छांै । भिडले सत्यतथ्य खोजिदैन । जेजस्तो होस, मैले भन्न खोजेको के हो भनी यस प्रदेश नम्वर २ प्रदेशको नाम मिथिला हुनुपर्दछ । मधेश होइन, मिथिला सांस्कृतिक र धार्मिक अवधारणा बोकेको हो । मिथिला नेपालको मात्र होइन विश्वका कैयौं हिन्दूहरुको आस्थाको केन्द्र हो । यसलाई भत्काउन कुनै नेता वा पार्टीको अधिकार छैन ।

राजनीतिक आग्रह र विदेशीको सल्लाहमा मधेश राखिए भने आगामी पुस्ताले सराप्नेछ । अहिले सता र दम्भको आडमा मधेश नाम राखि हिन्दी भाषालाई कामकाजको भाषा बनाएमा झन आलोचनाको पात्र हुनेछ । आफ्नो भाषा र संस्कृतिलाई मासेर अर्काको भाषा र संस्कृतिलाई भित्र्याए भने यो भन्दा कृतध्न को होला ? धेरै के लेखौ माता जानकीले नेताहरुलाई बुद्धि दिऊन् ।
(लेखक प्रेस स्वतन्त्रता सेनानी देव, राजनीतिक विश्लेषक एवम् मैथिली भाषाका चर्चित साहित्यकार हुन् ।)

Author:



क्याटोगरी छान्‍नुहोस