रामशंकर भण्डारी
राजविराज–भूमि समस्या समाधान आयोग, जिल्ला समिति सप्तरीका सदस्यमा मो.अनवर अलि नियुक्त भएका छन् ।
मन्त्रीस्तरको गत फाल्गुन २८ गते भएको निर्णय अनुसार जिल्लाको बोदे बरसाईन नगरपालिका–२ का अलिलाई सदस्य पदका लागि नियुक्त गरिएको हो ।
आयोगको जिल्ला समितिका अध्यक्षमा अखिलेश झा, विज्ञ सदस्यमा पञ्चदेव चौधरी र महिला सदस्यमा नानू चौधरी यसअघि नै नियुक्त भइसकेका थिए ।