मविब क्याम्पस राजविराजमा सवियुका उम्मेदवारको अग्रता

रामशंकर भण्डारी
राजविराज–महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) को संयुक्त गठबन्धनका उम्मेदवार अग्रता लिएको छ ।

अहिलेसम्म एक हजार ४२ मतगणना हुँदा ती गठबन्धनबाट सभापति पदका उम्मेदवार रंजितकुमार यादवले ३ सय ३० मतका साथ अग्रता लिएका छन् । कुल एक हजार २ सय ७२ मत खस्दा २४ अहिलेसम्म मत बदर भएको छ ।

त्यस्तै सभापति पदमा स्वतन्त्र उम्मेदवार विनयकुमार यादवले २ सय ७७, अनेरास्ववियुकी मनिषा साहले २ सय ६४, नेपाल विद्यार्थी संघका नितिषकुमार यादवले ८२ र विद्यार्थी जनमत संघका त्रिवेणी कुमार यादवले ६५ मत प्राप्त गरेका छन् ।

सचिव पदमा मुकेशकुमार साहले ३ सय १५, अजयकुमार यादवले २ सय ७२ मत, प्रकाशकुमार यादवले २ सय ४१ र सुमन कुमार मण्डलले अहिलेसम्म १ सय १५ मत ल्याएका छन् ।

त्यस्तै, कोषाध्यक्ष पदमा कञ्चनकुमारी ठाकुरले ३ सय ५०, मो अफजर आलमले २ सय २७, संजिव यादवले १ सय ८० र शालिनी ठाकुरले १ सय ७४ मत पाएका छन् ।

अब २ सय ३० मतगणना गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780