राजविराज, १३ चैत । एकअर्काको कट्टर विरोधी मानिएका समकक्षी राजनीतिकर्मी जयप्रकाश प्रसाद गुप्ताले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको खुलेरै प्रशंसा गरेका छन् ।
मधेशी जनअधिकार फोरम नेपालको स्थापनाकालका सहयात्री गुप्ताले जयप्रकाश आनन्दले बुधबार फेसबुक वालमा केही शब्द खर्चेर प्रशंसा गरेका हुन् । वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै भुमि सम्बन्धि अध्यादेश, दलहरुको भूमिका र जसपा नेपालका अध्यक्ष यादवको अडानबारे प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।
नेता गुप्ताले फेसबुक वालमा यसरी लेखेका छन्ः
थौरै भन्न मन लाग्यो ।
मधेशका राजनीतिक दलहरूले कुनै राम्रो, समयोचित्त तथा मुलुकको दीर्घकालिन हितका खातिर कुनै अडान लियो भने बाँकी सबै दलहरू प्रतिवादमा ओर्लनु अनि मधेशको बिपक्षमा ध्रुवीकृत हुने संकीर्ण मानसिकता अहिले पनि देखियो ।
मधेशका राजनीतिक दलहरू सयौं पटक धोका पाएपनि, आफुहरूबाट अनगन्ती गलती भएपनि तेसबाट चेत्दैनन्। आफ्ना जनताको सामुहिक हितको निक्र्यौल गर्न सक्दैनन् । सत्ताको तावेदारी गर्न लागिपर्छन्–यो गलत प्रवृति यस पटक पनि देखियो नै ।
भुमि सम्बन्धि अध्यादेश मुलुकको हितमा थिएन । सत्ता गठबन्धनले यसलाई पारित गराउन हठ गर्यो । जसपाको अपवाद बाहेक सबै दलहरू सत्ता गठबन्धनको फरिया समात्न पुग्यो ।
एक्लो उपेन्द्र यादवले अडान लिनु भयो । यो मुलुकको हितमा छैन भन्नु भयो । सरकार बाध्य भै संसदमा विधेयक प्रस्तुत गरेन । समाचार अनुसार अहिले सरकारले बिधेयक फिर्ता लिने भयो । यो राम्रो निर्णय हो ।
यसका लागि श्री उपेन्द्र यादव बधाईका पात्र हुनुहुन्छ । यस सन्दर्भमा निःसन्देह धन्यवादका लागि उपयुक्त नेता !