जनकपुरधाम, ३१ चैत । सिरुवा अर्थात जुडशीतल पर्वलाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारले प्रदेशभरि वैशाख २ गते मङ्गलबार सार्वजनिक विदा रहने भएको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका अधिकृत दिपेन्द्र प्रसाद यादवले आइतवार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । मधेश प्रदेश सरकारद्वारा मिति २०८१ चैत २२ गते २०८२ दिइने थप विदा सम्बन्धी प्रकाशित सूचना अनुसार सार्वजनिक विदा रहेको जानकारी दिइएको छ ।