यतिबेला देशै भरिका किसानलाई धानको बीउ छर्ने बेला भएकाे छ । तर छरेको बीउ राम्ररी उम्रिनका लागि बीउ स्वस्थ हुन जरुरी छ।
एग्रोभेट या वीउ विजन कम्पनीबाट लिएको बीउ छान्नु पर्दैनन्। र वीउ उपचार गर्नु पर्दैन तर गाउँघरमा भण्डार गरिएको स्वास्थ्य वीउको छान्नु पर्छ र रोग मुक्त गर्न उपचार गर्नु पर्छ।
धानको स्वस्थ बीउ छान्ने विधि:
१. एउटा बाल्टी वा बीउको परिमाणअनुसारको भाँडामा पानी भर्नुहोस् । (बीउ राख्दा नपोखिने जति)
२.पानीको घनत्व मिलेको छ छैन हेर्न त्यसमा एउटा नबिग्रेको कुखुराको अण्डा (बिग्रेको अण्डा शुद्द पानीमा तैरिन्छ) राख्नुहोस्।
३. पानीमा अब धुलो नुन राख्दै जानुहोस् र जबसम्म अण्डाको आधा भाग जति नुनपानीमा तैरिँदैन, नुन थप्दै जानुहोस्। अण्डा तैरिएपछि भने नुन पुग्यो भन्ने बुझ्नुपर्दछ र अण्डालाई हटाउन सकिन्छ ।
४. अब उक्त नुनपानीमा धानको बीउ राखी (बीउ पानीको माथिल्लो सतहभन्दा १० से.मी. तल भएको राम्रो) मजाले चलाई २/३ मिनेट यतिकै छोडिदिनुहोस्।
५. उत्रिएका अस्वस्थ बीउहरूलाई हटाईदिनुहोस् र भाँडाको तल पिँधमा स्वस्थ बीउहरू थिग्रिनेछन्।
६. पिँधमा थिग्रिएका स्वस्थ बीउलाई तुरुन्तै शुद्द पानीमा २-३ पटक पखालिएर सफा गर्नुहोस्। ( बीउलाई धेरैबेर नुनपानीमा राख्नु हुँदैन)
७.सफा पानीले पखालि सकेपछि सूर्यको सिधा प्रकास नपर्ने गरी छायाँमा लगी सुकाउनुहोस्।
नोट:-एकैपटकमा बीउ छान्न नसकिएको खण्डमा नुनपानीको घोल पटकपटक तयार गरिरहनु पर्दैन, एउटै घोल ५/६ पटकसम्म प्रयोग गर्न सकिन्छ। यसरी नुनपानीमा उपचार गरिएको बीउको तोैल तैरिएकाकोभन्दा १५-२५ प्रतिशतले बढी उत्पादन दिन्छ भने रोगको आक्रमण पनि ४०-६० प्रतिशतले कम हुने पाईएको छ।
बीउको उपचार:
बीउलाई मरुवा रोगबाट बचाउन प्रति किलो बीउमा २ देखि २.५ ग्राम बेभिष्टिन (Bavistin) वा थिराम( Thiram) वा डाइथेन (Dithane) वा सेरासन (Cerasan) नामक देहिक ढुसीनासक विषादी ल्याई बीउसँग मिसाई सबैतिर समान हुने गरी चलाउने र बीउलाई कम्तिमा १२ घण्टा, बढिमा ५ दिन राख्न सकिन्छ। त्यसपछि मात्र बीउलाई भिजाउने वा ढड्याउने गर्नुपर्दछ र २४-४८ घण्टासम्म ढड्याइएको बीउ राम्ररी अङ्कुरण हुनासाथ ब्याड राख्न सकिन्छ। Sorce : Krishi Guru