अनिल कुमार झाको नेतृत्वमा नेपाल सद्भावना पार्टीको उदय

काठमाण्डौ, २९ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले नेपाल सद्भावना पार्टी पुनर्गठन गरेका छन् ।

निर्वाचन आयोगले हिजो मात्रै उक्त पुनर्गठित पार्टीलाई आधिकारिक मान्यता प्रदान गरेको हो । मधेशवादी छ वटा दल एकीकरण भएपछि २०७४ सालदेखि निष्क्रिय रहेको सद्भावना पार्टीलाई झाले पुनः सक्रिय बनाएका छन् ।

झा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भई खानेपानी मन्त्रीसमेत बनेका थिए । २०७९ को निर्वाचनमा उनी पराजित भएका थिए । रौतहट जिल्लामा जन्मिएका झा विद्यार्थी जीवनदेखि नै सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय भएका थिए ।

मधेशको अधिकार, समानुपातिक प्रतिनिधित्व र संघीय संरचनाको पक्षमा निरन्तर आवाज उठाउँदै उनी राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् । उनले आफ्नो राजनीतिक यात्रा नेपाल सद्भावना पार्टीबाट सुरु गरेर मधेश आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएको थियो ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा झा रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भई संघीय संसदमा प्रवेश गरेका थिए । तत्पश्चात उनी खानेपानी मन्त्रीको जिम्मेवारी पाएका थिए । मधेशवादी ६ दलको एकीकरणपछि सद्भावना पार्टी निष्क्रिय भएका थिए । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सामेल भए तर, २०७९ सालको निर्वाचनमा पराजित भएपछि पुनः सक्रिय मधेशवादी राजनीति तर्फ फर्किने निर्णय गरे ।

लोसपा छाडेर नेपाल सद्भावना पार्टीलाई पुनर्गठन गरी निर्वाचन आयोगबाट समेत मान्यता प्राप्त गरेका छन् । स्पष्ट वक्ता, संगठन विस्तारमा सक्रिय र मधेशको हकहितका लागि आवाज उठाउने अग्रणी नेताका रूपमा उनलाई चिनिन्छ । उनले अब पार्टीलाई संगठन विस्तार र सक्रिय राजनीतिक गतिविधितर्फ उन्मुख गराउने कार्यमा सक्रिय हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस