राजविराज, १ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपरा गाउँमा शनिबार राति करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।
करेन्ट लागेर स्थानीय ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् । करिब १०ः३० बजेको समयमा खेतबाट घर फर्कने क्रममा सरदार दम्पतीलाई प्रवाह गरिएको तारमा छुन गई करेन्ट लागेको हो । दुवै जनाका तत्कालै घटनास्थलमै करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
प्रहरीका अनुसार घरदेखि करिब डेढ सय मिटर टाढा खेत पार गर्ने क्रममा करेन्ट लागेको थियो । खेतमा हात्तीबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले तारमा करेन्ट प्रवाह गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले घटनाबारे अनुसन्धान अगाडि बढाएको छ । सरदार दम्पतीको अकालमा मृत्यु भएको घटनाले गाउँ नै शोकमा डुबेका छन् ।