काठमाडौं, १४ भदौ । भूमि विधेयक फिर्ताको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध तीन जना विद्यार्थी नेताहरूलाई प्रहरीले किर्तिपुरबाट शनिवार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा समाजवादी विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मनिष कुमार यादव, केन्द्रीय सदस्यहरू विपिन कुमार यादव र सुभाष यादव रहेका छन्।
प्रहरीले उनीहरूलाई आज प्रदर्शन स्थलबाट नियन्त्रणमा लिएर किर्तिपुरस्थित डिएसपी कार्यालयमा राखेको जनाएको छ। प्रहरीका अनुसार उनीहरूमाथि सार्वजनिक अपराधिक मुद्दा चलाउने तयारी भइरहेको छ।
विद्यार्थी संगठनले भने पक्राउ अन्यायपूर्ण भएको दाबी गर्दै तत्काल रिहाइको माग गरेको छ।