चमेली माई मन्दिर अगाडि खुलेआम लागुऔषध सेवन

सराेज राय

दुई दिन अगाडि म सर्लाही जिल्लाको नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत सलेम्पुर नजिकै अवस्थित चमेली माईको दर्शन गर्न परिवारसहित गएको थिएँ। दर्शनपछि मन्दिर अगाडिको एउटा चिया होटलमा चिसो खान पुगेँ। तर त्यहाँ देखिएको दृश्यले मलाई गम्भीर चिन्तित बनायो।

होटलको पछाडिपट्टि युवाहरूको जमघट थियो। कोही गाँजा काट्दै थिए, कोही चुरोटमा गाँजा मिसाउँदै, कोही सेवन गरिरहेका थिए। कोहीले त कोकाकोलाको खाली बोतलमा तरल पदार्थ राखी प्वाल पारेर हुक्का झैँ प्रयोग गरिरहेका थिए। कोही केवल चिया–चुरोटमै व्यस्त देखिन्थे। ती सबै युवा पहाडी र मधेशी मिश्रित समूहमा थिए, तर सबै आ–आफ्नै तालमा नशा सेवनमा डुबेका थिए।

अत्यन्त शक्तिशाली मानिने देवीस्थान चमेली माई मन्दिरको अगाडिको यस्तो दृष्य साँच्चिकै पीडादायी लाग्यो। त्यहाँ भक्तजन भन्दा पनि लागुऔषध सेवनकर्ताको भीड बढी हुनु दुखद विषय हो।
मन्दिरका मुख्य पुजारी र केही स्थानीयसँग कुरा गर्दा थाहा भयो कि यो सब प्रहरीकै मिलेमतोमा भइरहेको छ भन्ने जनविश्वास छ। यदि यसलाई समयमा नियन्त्रण गरिएन भने भोलि त्यहाँको समाजले ठूलो मूल्य चुकाउनु पर्नेछ।

म मेरो कर्तव्यअनुसार खबरदारी गरिरहेको छु। अब सरोकारवालाहरू, स्थानीय समाज, प्रशासन र प्रहरी सबैलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
श्री चमेली माईकी जय ! (AI Generated Image) Source: Saroj Ray/facebook

Author:



क्याटोगरी छान्‍नुहोस