जसपा सप्तरीद्वारा विवादित भूमि विधेयक विरुद्ध वृहत प्रदर्शन

राजविराज, १६ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीद्वारा विवादित भुमी बिधेयक तथा गौर राजनितिक घटनालाई अतिरन्जित गर्ने राज्यको षडयन्त्र विरुद्ध वृहत प्रदर्शन गरिएको छ ।

विरोध र्यालीमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर, “राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर, खिलराज रेग्मी आयोगको प्रतिवेदन सार्वजनिक गर, “राजनीतिक मुद्दा खारेज गर, “औपनिवेशिक शासन अन्त गर, “थारु–मधेशी एक होऔं, भूमि विधेयक धोका हो लगायतका नाराहरु लगाइएको छ । उक्त जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।विरोधसभाका वक्ताहरुले मधेशमाथि भइरहेको षड्यन्त्र तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन् ।

भूमि विधेयकमार्फत मधेशलाई उपनिवेश बनाउने र मरुभूमीकरणतर्फ धकेल्ने प्रयास भइरहेको उनले बताएका छन् । १८ वर्ष अघिको मुद्दामा जसपा अध्यक्षलाई फसाउन राज्य संयन्त्र सक्रिय रहेको भन्दै सच्याउन माग गरेका छन् । pic. Chandan Yadav

Author:



क्याटोगरी छान्‍नुहोस