मधेशीलाई ‘भैया’ भनेर बोलीले घाउ नदियोस्

दिपा सिम्खडा

अरु ठाउँको त म जान्दिनँ, तर काठमाडौको एउटा विडम्बना सुनाउँछु । तराईबाट आएका दाजु या बुवालाई सडक छेउमा तरकारी, फलफुल, गलैचा बेचिरहेको, जुत्ता पालिस गरिरहेका देख्छौँ ।

उमेरले हामीभन्दा धेरै ठूलो भए पनि हामी नसोचिकनै भन्छौँ “भैया एक किलो आँप हाल्देउ, घटाईदेउ न, यो जुत्ता पोलिस गर्देउ, सिलाईदेउ … अनेक .. अनेक … ।’’ उनीहरूको उमेर, पसिना, इज्जतलाई किन हामीले ‘तपाईं भन्ने सानो शब्दले सम्मान दिन सक्दैनौँ ?’

आफुभन्दा ठुलो उमेरकालाई सम्मान गर्नु भनेर सिकाउने बुवाले नै छोरालाई काँखि च्यापेर आफ्नो बुवाको उमेरका मधेशी नागरिकलाई “भैया एक किलो स्याउ राखिदेउ त भन्छन् ।’’ यदि तपाईंको बाबुलाई तपाईको उमेरको मान्छेले “तिमी” भनेर सम्बोधन गरे तपाईंलाई दुख्दैन ?

हो, ठ्याक्कै यही हो घाउ, मान्छे बन्न कहाँ सकिन्छ र !, यदि अरूलाई मान्छेको जस्तो व्यवहार गर्न सकिँदैन भने । हामीले आफ्नै सभ्यता, संस्कार र सम्मानलाई झुक्याइरहेका छौं । सडकका मेहनती, अनुभवले धनी, उमेरले ठूला सबै मानव हुन् । उहाँहरुलाई हाम्रो बोलीले घाउ नदियोस् ।
Soorce:facebook/Dipa Simkhada

Author:



क्याटोगरी छान्‍नुहोस