ब्याज अनुदान भुक्तानीका लागि नेपाल राष्ट्र बैंकलाई रकम

काठमाडौँ । सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई ९ अर्ब ८० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकका लागि विनियोजित ब्याज अनुदान रकमलाई मन्त्रिस्तरीय निर्णयमार्फत पहिलो त्रैमासमै निकासा गर्ने व्यवस्था गरिएको हो। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रममा विनियोजित रकमलाई संशोधन गरी विगत सात त्रैमाससम्म प्रवाहित कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई सोधभर्नाका लागि उपलब्ध गराइनेछ।”

नेपाल राष्ट्र बैंकले लामो समयदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान पाएको थिएन। यो रकम निकासा भएपछि कर्जा विस्तार अझ सहज हुने अनुमान गरिएको छ।

कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जामार्फत कृषि तथा पशुपन्छी कर्जा ५ करोडसम्म, महिला उद्यमशील कर्जा तथा स्टार्टअप उद्यम कर्जा २५ लाखसम्म उपलब्ध हुने व्यवस्था छ। त्यसैगरी, वैदेशिक रोजगारीबाट फर्केका वा शिक्षित युवालाई २० लाखसम्म र प्राकृतिक विपद् पीडितलाई निजी आवास निर्माणका लागि ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुन्छ।

बैंक तथा वित्तीय संस्थाले प्रवाहित गरेका यस्ता सहुलियतपूर्ण कर्जाका ब्याज भुक्तानीका लागि सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ। File Image

Author:



क्याटोगरी छान्‍नुहोस