फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने

काठमाडौं, १० असोज । आगामी प्रतिनिधि सभा निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने सबै नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित हुने भएको छ ।

निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा १६ वर्ष पूरा भई नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरिएको छ । आयोगका अनुसार, मतदाता नामावलीमा नाम दर्ता भइसकेका नागरिकमध्ये आगामी २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्नेले मात्र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था छ ।

नेपालको संविधानको धारा ८४ को उपधारा ५ अनुसार १८ वर्ष पूरा गरेका वयस्क नेपाली नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गरिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ- १६ वर्ष पूरा भई नागरिकता प्राप्त गरेका नेपालीले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्छन्, र १८ वर्ष पूरा हुने मितिसम्मका दर्ता भइसकेका मात्र आगामी निर्वाचनमा सहभागी हुनेछन्।

Author:



क्याटोगरी छान्‍नुहोस