जनकपुरधाम । मधेश प्रदेशमा गठन भएको नयाँ सरकारलाई असंवैधानिक भन्दै सात राजनीतिक दलले आइतबार पनि आफ्नो आन्दोलन निरन्तरता दिएका छन्।
सरकार गठन र मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संविधानको उल्लङ्घन भएको आरोप लगाउँदै उनीहरू जनकपुरधामस्थित मधेश भवन अगाडि धर्नामा बसेका हुन्। सात दलिय गठबन्धनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।
आइतबार धर्नामा प्रदेशसभा सदस्यहरुका साथै दलका नेता तथा कार्यकर्ताहरूले नेपालको राष्ट्रिय झण्डा बोकेर विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
pic. Ghanshyam Mishra/Janakpurdham