राजविराज । राजविराज स्थित पाराडाइज क्याम्पसद्वारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरियो ।
क्याम्पसमा आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई खादा, अबीर तथा डायरीका साथ स्वागत गरियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि जनता माध्यमिक विद्यालय खुरहुरियाका अवकाशप्राप्त प्रधानाध्यापक असर्फीलाल यादवले विद्यार्थीहरुमा अनुशासन र अध्ययनशीलता आवश्यक रहेको बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि आमसञ्चार प्राधिकरण मधेश प्रदेशका संस्थापक अध्यक्ष श्यामसुन्दर यादवले शैक्षिक गुणस्तर अभिवृद्धिमा पाराडाइज कलेज जिल्लामै अग्रणी रहेको भन्दै आगामी दिन अझ सशक्त रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । अभिभावकले शिक्षामा लगानी गरिरहेकोले परिणाममुखि बनाउन विद्यार्थीहरुले सफलता प्राप्त गर्न मेहनत गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्याम्पसका प्रिन्सिपल रामनारायण यादव, संस्थापक सञ्चालक डा. शिवनारायण यादव, प्रधानाध्यापक सुरेश कुमार यादव लगायतले शुभकामना व्यक्त गरे । कार्यक्रममा छात्रछात्राहरुले सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेका थिए ।
