काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा रास्वपाकी सांसद गौरीकुमारी यादवलाई उद्योग मन्त्री र रामजी यादवलाई श्रम मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूले आजै शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ। गौरीकुमारी यादव महोत्तरी–४ र रामजी यादव सप्तरी–२ बाट फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका हुन्।
प्रधानमन्त्री शाहले उद्योग मन्त्रालय यसअघि आफैंसँग राखेका थिए। यता, श्रम मन्त्री रहेका दीपककुमार साहलाई रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा बिहीबार पदमुक्त गरिएको थियो।