राजविराजमा बृहत् सद्भाव र्याली सामाजिक एकता कायम गर्न अपिल

राजविराज । सामाजिक एकता, सद्भाव र भाइचारको सन्देश दिँदै सप्तरीको राजविराजमा आइतबार सद्भाव र्याली आयोजना गरिएको छ ।

शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीको अगुवाइमा स्थानीय शिव मन्दिरबाट बृहत् सद्भाव ¥याली निकालिएको हो । उक्त र्याली राजविराजको विभिन्न भाग परिक्रमा गरेको थियो ।

बृहत् सद्भाव ¥यालीमा प्रतिनिधिसभा सदस्य डा. अंकिता ठाकुर, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन, आमसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, हिन्दु–मुस्लिम समुदायका अगुवा, कानुन व्यवसायी, अधिकारकर्मी, सञ्चारकर्मी, संघ–संस्थाका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

यसैगरी हिन्दु सनातनी समाज सप्तरीको अगुवाइमा राजविराजमा शोक र्याली निकालिएको छ । उक्त ¥याली नगरको विभिन्न भाग परिक्रमा गरी सहीद दशन चौकमा सभामा परिणत भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस