मोरङ, ४ कार्तिक। पटाका, खाद्यान्न तथा कपडा गरी करीब ११ लाख मुल्य बराबरको समानहरु प्रहरीले बरामद गरेको छ ।
विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोेलीले मोरङको ४ को लोहन्द्रा घाट स्थित १ लाख ८० हजार मुल्य बराबरको पटका, ७ लाख मुल्य बराबरको कपडा तथा २ लाख २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्रीहरु बरामद गरिएको हो । उक्त सामग्रीहरु विराटनगर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसै गरी सोमवार सिमा क्षेत्रमा खटिएको प्रहरी टोलीले ३ लाख रुपैयाँ बराबरको पटक तथा खाद्यान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता जिल्ला प्रहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याएका खाधान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।
तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियानलाई प्रहरीले निरन्तरता दिदै कानुन विपरित अवैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाउदै आएको हो ।