बिराटनगर, १२ कार्तिक । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मंगलवार दिउँसो साढे २ बजेको समयमा सुनसरीको रामधुनी नगरपालिका ६ कोशी पुल भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा बराहक्षेत्र नगरपालिका ८ का ३० बर्षीय दिनेश राजधामीको मृत्यु भएको हो । बालुवा बोकेर आउँदै गरेको को २ त २८९२ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडमा पल्टिई सोही ट्याक्टरमा सवार रहेका राजधामीलाई किच्दा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
यसैगरी मोरङको उर्लावारी नगरपालिका ४ आईतवारेमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री कानेपोखरी गाउँपालिका २ की ४५ बर्षीया भिम कुमारी पुरीको मृत्यु भएको छ । मंगलवार अपरान्ह पौने ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २६ प ९२६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पुरीलाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी पठाईएकोमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको तथा ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणको लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।